बिविध

जनकपुरमा नेगेटिभ देखिएका बिरामीको रिपोर्ट टेकुमा पोजेटिभ देखियो, पीसिआर परीक्षण स्थगित

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका उत्पन्न भएपछि पीसिआर परिक्षण कार्य स्थगित गरिएको हो ।बिहीबार सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिकित्सकहरुले गरेका छन् । त्यसैले चेकजाच कार्य बन्द गरिएको अस्पतालले जनाएको …

जनकपुरमा नेगेटिभ देखिएका बिरामीको रिपोर्ट टेकुमा पोजेटिभ देखियो, पीसिआर परीक्षण स्थगित Read More »

चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी

१२ वैशाख, काठमाडौं । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ …

चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी Read More »

तीन बालकको शव फेला

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा  पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र  १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ  । प्रहरीका …

तीन बालकको शव फेला Read More »

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए । शिशुको मृत्यु …

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु Read More »

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा ५० हजारले ज्यान गुमाए

काठमाडौं, १२ बैशाख । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ। हालसम्म विश्वक २७ लाख बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। तथ्याङ्कअनुसार गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार …

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा ५० हजारले ज्यान गुमाए Read More »

मुम्बइमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना संक्रमण

मुम्बई, ११ बैशाख । मुम्बईमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार जनाइएको छ । प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ । उनीहरु मुम्बईको भाटिया …

मुम्बइमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना संक्रमण Read More »

जापानमा फेरि एक नेपालीमा काेराेना संक्रमण

टाेकियाे, १० वैशाख । जापानको राजधानी टोकियोमा बस्दै आएका थप १ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार टोकियो आसपासकै नेपाली रेस्टुरेन्टमा कार्यरत पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । यस अघि सोहि रेस्टुरेन्टमा कार्यरत नेपालीलाई कोरोना संक्रमण भएको थियो । आज थपिएका सहित अन्य २ जना नेपाली कोरोनाको सक्रमितको टोकियोकै …

जापानमा फेरि एक नेपालीमा काेराेना संक्रमण Read More »

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द

१० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन । मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा …

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द Read More »

टम एण्ड जेरी पात्रका ९५ वर्षका रचयिता अपार्टमेन्टमा मृत भेटिए

चर्चित कार्टुन पात्र टम एण्ड जेरीका रचयिता, पोपाय द सेलर म्यान र मुनरोजस्ता कार्टून फिल्मका निर्माता–निर्देशक जीन डाइचको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी पाँच दिनअघि गत बिहिबार प्रागस्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएको बताइन्छ । उनको मृत्युबारे उनका प्रकाशक पिटर हिम्मेलले पुष्टि गरेका छन् । सन् १९२४ अगस्ट ८ तारिखमा सिकागोमा जन्मिएका जीन …

टम एण्ड जेरी पात्रका ९५ वर्षका रचयिता अपार्टमेन्टमा मृत भेटिए Read More »

बामदेव गौतमले १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री

प्यूठान ।  कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । विश्वव्यापी फैलिएको कोरोना रोकथामका लागि उपाध्यक्ष गौतमले प्युठान जिल्लाका लागि आवश्यक स्वास्थ्य सामग्री सोमबार उपलब्ध गराएका हुन्। गौतमको पहलमा सय सेट पिपिई, १० हजार थान मास्क, …

बामदेव गौतमले १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री Read More »