नेपाल

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । पानी …

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु Read More »

गृहमन्त्रालयले नेपाल प्रहरीका १९ जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्‍यो (नामावलीसहति)

गृहमन्त्रालयले नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको बढुवा गर्ने निर्णय गरेको छ। गृहमन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा गरेको हो । मंगलबारको उक्त निर्णय अनुसार बढुवा सूची अनुसार बढुवा सूचीको पहलो नम्बरमा प्रहरी उपरीक्षक बीरेन्द्र कुमार बस्यालको नाम रहेको छ। …

गृहमन्त्रालयले नेपाल प्रहरीका १९ जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्‍यो (नामावलीसहति) Read More »

दोलखा जाँदै गरेको मिनीबस मन्थलीमा दुर्घटना

काठमाडौं : काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन्। दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका-६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। उनकाअनुसार घाइते १५ जनामध्ये ३ जनाको अवस्था …

दोलखा जाँदै गरेको मिनीबस मन्थलीमा दुर्घटना Read More »

८५ करोडको औषधि आयात

काठमाडौं : लकडाउन सुरु भएपछिको २८ दिनमा ८५ करोडभन्दा धेरैको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत ११ देखि वैशाख ७ गतेसम्म ८५ करोड ५७ लाख १४ हजार रुपैयाँको औषधि आयात भएको हो । यस्तै यो समयमा २० करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ …

८५ करोडको औषधि आयात Read More »

प्रदेश ५ मा पहिलो पटक र्‍यापिड टेष्ट पोजेटिभ

१० बैशाख, रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ …

प्रदेश ५ मा पहिलो पटक र्‍यापिड टेष्ट पोजेटिभ Read More »

बाँकेमा थुनुवाको कोरोना परीक्षण

बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाको कोरोना संक्रमण जाँच शुरु गरिएको छ । थुनुवालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट संलग्न हुनुपर्ने अदालतको आदेशानुसार आरडिटीमार्फत कोरोना संक्रमण जाँच गरिएको हो । हिरासतमा रहेका नौ थुनुवाको ‘आरडिटी’ जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । थुनुवासँगै गएका एक प्रहरीको समेत ‘आरडिटी’ जाँचमा रिपोर्ट …

बाँकेमा थुनुवाको कोरोना परीक्षण Read More »

चट्याङ लागेर धादिङमा २ जनाको मृत्यु, ७ जना घाइते

धादिङ– दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौंतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला …

चट्याङ लागेर धादिङमा २ जनाको मृत्यु, ७ जना घाइते Read More »

धनकुटाबाट १३ जना ६ दिनको पैदल हिडेर ओखलढुंगा आइपुगे

ओखलढुंगा । बन्दाबन्दीका कारण सडकमार्ग बन्द भएपछि धनकुटाबाट ६ दिनको पैदलयात्रामार्फत १३ जना नागरिकहरु ओखलढुंगा आईपुगेका छन् । जिल्लाको मोलुङ गाउँपालिकाका उनीहरु सोमबार बिहान ६ दिनको पैदलयत्रा पछि जिल्ला आईपुगेका हुन् । ज्यामी काम गर्न धनकुटामा पुगेका उनीहरुले लकडाउन अर्थात बन्दाबन्दीका कारण मारमा परेपछि हिँडेरै जिल्ला आएको प्रतिकृया दिए । उनीहरुमध्ये एकजना मोलुङ गाउँपालिका ४ …

धनकुटाबाट १३ जना ६ दिनको पैदल हिडेर ओखलढुंगा आइपुगे Read More »

नेपालका मुस्लिमलाई बदनाम हुनबाट बचाउनुस् : धार्मिक गुरु मौलाना जब्बार मञ्जरी

काठमाडौं : इस्लाम धर्मगुरुले मस्जिद वा मर्दशामा लुकेर बसेका जमातीलाई सर्वजनिक भएर स्वास्थ्य परीक्षण गर्न अपिल गरेका छन् । नेपालगञ्जका धर्मगुरु एवं नागरिक समाजका अगुवा मौलाना जब्बार मञ्जरीले मुस्लिम समूदायका विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका सबै जमातीलाई सार्वजनिक भएर कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण गर्न गराउन आग्रह गरेका हुन् । उनले सञ्चारमाध्यममा कुरा गर्दै विभिन्न जमात कार्यक्रममा गएर …

नेपालका मुस्लिमलाई बदनाम हुनबाट बचाउनुस् : धार्मिक गुरु मौलाना जब्बार मञ्जरी Read More »

कोरोनाभन्दा भोकमरीको पीडा भयानक हुनसक्ने

काठमाडौँ, ८ वैशाख : ‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले कुनै समय कुनै सन्र्दभमा व्यक्त गर्नुभएको उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ साबित बन्ने त होइन भन्ने शङ्काले पिरोलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को महामारीबाट जोगिन विश्वका आम मानिसलाई …

कोरोनाभन्दा भोकमरीको पीडा भयानक हुनसक्ने Read More »