नेपाल

प्रदेश २ मा २ हजार नमूना सङ्कलन

महोत्तरी । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ। पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो। अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब …

प्रदेश २ मा २ हजार नमूना सङ्कलन Read More »

प्रदेश १ मा ३८ जना आइसोलेसनमा

विराटनगर । प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन्। पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ। प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० …

प्रदेश १ मा ३८ जना आइसोलेसनमा Read More »

आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना भाइरसको संक्रमणको पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति भएको जानकारीदिएको छ । नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएकाहरु रहेको जानकारी दिएका हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । उनीहरुलाई …

आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति Read More »

आज बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार १६३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ३ सय ३८ महिला सहित १ हजार १६३ जनालाई  नियन्त्रणमा लिएको छ । आज बिहान ६ बजेदेखि बिहान १० बजेसम्मको अवधिमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । काठमाडौं, ललितपुरमा र भक्तपुरबाट उनीहरु नियन्त्रणमा लिएको छ । यसै गरी दुई पाङ्ग्रे र चारपाङग्रे सवारी साधनलाई पनि नियन्त्रणमा …

आज बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार १६३ जना प्रहरीको नियन्त्रणमा Read More »

शहरबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो । घरबाट निस्केर डुलिरहने, मादक …

शहरबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ Read More »

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च निगरानी

बन्दाबन्दीपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ । सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो । भारतीय सीमा क्षेत्रसँंग जोडिएको प्रदेश नं ५ का जिल्लामा पनि सशस्त्र प्रहरी बल परिचालन भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । यस प्रदेशमा करीब ७ …

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च निगरानी Read More »

राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल

काठमाडौं – सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको …

राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल Read More »

लकडाउनका बीचमा त्रिभुवन विश्वविद्यालयले जारी गर्यो अति जरुरी सूचना [सूचनासहित]

काठमाडौं । लकडाउनका बीचमा त्रिभुवन विश्वविद्यालयले महत्वपुर्ण जानकारी साझा गरेको छ । त्रिविले एक सुचना प्रकाशित गर्दै अनलाइन कक्षा सम्बन्धी सुचना जारी गरेको हो । त्रिविका रजिष्ट्राटर प्रा.डा. पेशल दाहालले एक विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएका छन् । विज्ञप्तिको पुर्णपाठ हेर्नुहोस् । ‘विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारबाट मुलुकमा …

लकडाउनका बीचमा त्रिभुवन विश्वविद्यालयले जारी गर्यो अति जरुरी सूचना [सूचनासहित] Read More »

एक महीनासम्म चल्ने इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान सुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान शनिबार (आज) देखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३ः४३ बजेबाट बेलुका ६ः३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार …

एक महीनासम्म चल्ने इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान सुरु Read More »

‘ध्रुवे’ हात्तीमा स्याटेलाइट रेडियोकलर जडान

चितवन । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ । केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रयाकिङ …

‘ध्रुवे’ हात्तीमा स्याटेलाइट रेडियोकलर जडान Read More »