सलमान खानको घरमा चोर पस्यो, परिवारका सदस्यले चोरलाई पाहुना ठाने त्यसपछि

बलउड सुपरस्टार सलमान खानको घरको ढोका हरेक दीनदुखीहरुको लागि खुला रहन्छन् । उनको परिवार निकै ठूलो छ र यहाँ मानिसहरुको आवतजावत चलिरहन्छ । परिवारका सदस्यका साथीभाइ लगायत परिवारमा यति धेरै पाहुना आउँछन् कि एक दिन उनको घरमा चोर पस्दा समेत परिवारका सदस्यले थाहा पाएनन् । बरु ती सदस्यहरुले चोरलाई परिवारकै कसैको पाहुना ठाने ।

एक अन्तरवार्ताका क्रममा सलमानका पिता सलीम खानले यो रोचक घटनाको खुलासा गरेका थिए । सलीमका अनुसार त्यो समय सलमान निकै युवा थिए । चोर अबेर राती आएको थियो र उसले पैसा र केही सामान चोरेको थियो । बिहान कोही त्यो कोठामा पुगेपछि आत्तिएको चोर बेडमा पस्यो । त्यो कोठामा टिभी चलिरहेको थियो र कुनै रमाइलो फिल्म आइरहेको थियो । चोरले फिल्म हेर्न थाल्यो । चोर त्यो कोठामा टिभी हेरेर सुतिरह्यो । कोठामा कैयौं मानिसहरुको आवतजावत भइरह्यो तर कसैले पनि ऊ चोर भएको चाल पाएनन् ।

कसैले उसलाई केही सोधेनन् किनकि सबैलाई लाग्यो ऊ परिवारकै कुनै सदस्यको पाहुना हो । किनकि घरमा पाहुनाहरु धेरै आउँथे । सलमानलाई लाग्यो अरबाजको पाहुना हो, अरबाजलाई लाग्यो सोहेलको कुनै साथी हो । केही बेरपछि कसैको दिमागका ऊ को हो भन्ने उत्सुकता भयो र उले सोध्यो । सोधेपछि चोर डरायो र उसले आफू चोर भएको बतायो ।

चोरलाई समातेपछि उसले घरबाट चोरेका सबै सामान फिर्ता दियो । त्यसपछि परिवारले उसलाई पुलिसको जिम्मा लगाउने निर्णय गरे तर कोही पनि यसलाई लिएर पुलिस चौकी जान तयार भएन । चोरले उनीहरुलाई आफूले पहिलो पटक चोरी गरेको बताएको थियो । खान परिवारले चोरलाई खानाको बारेमा पनि सोधेका थिए ।

(Visited 40 times, 1 visits today)

कृपया आफ्नो टिप्पणी दिनुहोस् र यो समाचारलाइ सेयर गर्नुहोस, धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *