काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ३ सय ३८ महिला सहित १ हजार १६३ जनालाई नियन्त्रणमा लिएको छ ।
आज बिहान ६ बजेदेखि बिहान १० बजेसम्मको अवधिमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिदै आएको छ ।
(Visited 37 times, 1 visits today)
कृपया आफ्नो टिप्पणी दिनुहोस् र यो समाचारलाइ सेयर गर्नुहोस, धन्यवाद।