काठमाडौँ । इलामको फाकफोक खोलामा सोमबार दिउँसो आएको बाढीले जलाइँदै गरेको शव वेपत्ता पारेको छ । खोलामा आएको बाढीले स्थानीय राम लकान्द्रीको शव वेपत्ता पारेको हो ।
चर्को घाम लागेको समयमा इलामको फाकफोकथुम गाउँपालिका– ३ स्थित फाकफोक खोलामा चितामा राखेर लकान्द्रीको शव जलिरहेको अवस्थामा एक्कासी आएको बाढीले बगाएको स्थानीयले बताएका छन् ।
स्थानीय विष्णु पौलेलले हेर्दाहेर्दै लकान्द्रीको शव बाढीले बेपत्ता पारेको बताए । उनले भने, ‘शव जलाउने ठाउँमा चर्को घामसमेत लागेको थियो ।’ यस्तो घटना पहिलो भएको पौडेल दावी गर्छन् ।
बाढीले बगाएको लकान्द्रीको शव हालसम्म पनि भेटिएको छैन । लकान्द्रीको सुँगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको थियो ।
त्यस्तै खोलामा आएको बाढीले बगाएका एक बालकको शव भेटिएको छ । पौडी खेलिरहेका स्थानीय १२ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो ।बालकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ ।
शव जलाउन लाग्दा इलाममा एक्कासी बाढी, शव नै बगायो
शव जलाउन लाग्दा इलाममा एक्कासी बाढी, शव नै बगायो
Gepostet von सबकुरा समाचार SabKura Samachar am Montag, 27. April 2020
कृपया आफ्नो टिप्पणी दिनुहोस् र यो समाचारलाइ सेयर गर्नुहोस, धन्यवाद।