फेसबुकमा मजाक गर्दै यस्तो स्टाटस राखेपछि पक्राउ गर्न यी युवकको घरमै पुग्यो प्रहरी

काठमाडौं । सामाजिक सञ्जालमा चर्चा पाउँनका लागि मान्छेहरु अनेक गरिरेका हुन्छन् । तर पछिल्लो समय प्रहरीले त्यसका क्रियाकलापहरुमा पनि नजर राख्दै आएको छ । फोटोशप गर्ने, गलत्त सन्देश दिने मिम बनाउनेहरु लगातार पक्राउ पर्दै आएका छन् । यहाँसम्म कि लेखेकै भरमा पनि धेरै प्रहरीकहाँ पुगेका छन् । यस्तै, जिस्केर राँगाको सुकुटीलाई जरायोको भन्दै प्रचार गर्दा एक युवकलाई महंगो परेको छ । दाङ्को गढवा गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिवराज पुन मगरले बिहीबार दिउँसो ३ बजेतिर आफ्नो फेसबुक वालमार्फत जरायोको सुकुटी खान निम्ता गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मगरले लेखेका थिए, ‘लकडाउनको टाइमपास, आजको नास्ता जरायोको सुकुटी…मेरो घरमा स्वागत छ।’ पुनले सामाजिक सञ्जालमा प्रतिवन्धित बन्यजन्तु जरायोको सुकुटी खान सार्वजनिक रुपमा आह्वान गरेपछि डिभिजन कार्यालय देउखुरीका पदाधिकारीहरुले मगरलाई पछ्याउँदै नियन्त्रणमा लिन सफल भएका हुन् । उनलाई आज विहान साढे दश बजेतिर नियन्त्रणमा लिइएको हो । कुनै गल्ती नगरी एक्कासी सुरक्षाकर्मीसहितको टोली आएर आफूलाई नियन्त्रणमा लिएको घटनाले मगर आश्चर्यमा परेका थिए । उनका घरका परिवारका सदस्य पनि चकित भएका थिए । वन कार्यालयमा लगेर मगरमाथि सोधपुछ र अनुसन्धान सुरु गरियो । त्यसक्रममा मगरले रमाइलोको लागि आफूले त्यो सबै गरेको जानकारी दिए ।

डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी प्रेमीलाल प्रसाद साहका अनुसार मगरले त्यो तस्वीर आफ्नी पत्नीलाई खिच्न लगाएको भनेर उनले बयान दिएका छन् । उनले घर परिवार लगायत सबैलाई रमाइलो गराउँ भन्ने उद्देश्यले जरायोको सुकुटी खान आउनुस् भन्ने कुरा जिस्केरे लेखेको स्विकार गरेका छन् । उनले गल्ती स्वीकार गर्दै आइन्दा यस्ता कुराहरु रमाइलोको लागि सामाजिक सञ्जालमा नलेख्ने प्रतिवद्धता समेत जनाएपछि उनलाई रिहा गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको जिम्मा लगाएर दिउँसो दुई बजेतिर छोडिएको हो ।

(Visited 53 times, 1 visits today)

कृपया आफ्नो टिप्पणी दिनुहोस् र यो समाचारलाइ सेयर गर्नुहोस, धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *