लकडाउनका बीचमा त्रिभुवन विश्वविद्यालयले जारी गर्यो अति जरुरी सूचना [सूचनासहित]

काठमाडौं । लकडाउनका बीचमा त्रिभुवन विश्वविद्यालयले महत्वपुर्ण जानकारी साझा गरेको छ । त्रिविले एक सुचना प्रकाशित गर्दै अनलाइन कक्षा सम्बन्धी सुचना जारी गरेको हो । त्रिविका रजिष्ट्राटर प्रा.डा. पेशल दाहालले एक विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएका छन् । विज्ञप्तिको पुर्णपाठ हेर्नुहोस् ।

‘विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारबाट मुलुकमा लकडाउन लागु गरिएकाले त्रिविका आगिंक क्याम्पस, कलेज तथा केन्द्रीय विभागहरुका साथै सम्बन्धन प्राप्त क्याम्पसहरुमा समेत सञ्चालित सम्पुर्ण तहको पठन पाठन बन्द कुरा सर्वविदित नै छ ।

यस अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकाले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले त्रिविका स्वीकृत सबै कार्यक्रम र विषयहरु (प्रयोगात्मक कक्षा बाहेक) लाई विद्युतीय माध्यमबाट समेत अध्यन अध्यापन गर्न सकिने व्यवस्था त्रिवि प्राज्ञिक परिषद्बाट भएको हुँदा सो कार्यान्वयनका लागि त्रिवि कार्यकारी परिषद्ले तत्कालको अवस्थामा कार्यान्वयनमा ल्याएको ‘विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीन कार्यालयहरुमा पत्र पठाइ सकिएको हुँदा आ–आफ्नो डीन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्नु गराउनु हुन त्रिविका सबै आगिंक क्याम्पस,स्कुल,विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

(Visited 27 times, 1 visits today)

कृपया आफ्नो टिप्पणी दिनुहोस् र यो समाचारलाइ सेयर गर्नुहोस, धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *